सङ्गीत । गायिका पुजन काफ्लेले तीजको पूर्वसन्ध्यामा नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन् । यो गीतमा शब्द, संगीत र स्वर पुजन काफ्लेकै छ भने आदेश गुर्मछानको संगीत संयोजन रहेको छ । ‘छड्के तिलहरी’ ले गहना पाउँदाको खुसी र महिलाको सौन्दर्यसँग गहनाको सम्बन्धलाई चित्रण गर्छ । तीजमा सँगै मिलेर नाचगान गर्ने नेपाली परम्परागत संस्कृतिलाई गीतले जीवन्त बनाएको छ ।
गीतको म्युजिक भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ । भिडियोको कोरियोग्राफी र निर्देशन केशबराज भट्टले गरेका छन् । त्यस्तै, ‘छड्के तिलहरी’ जस्ता तीज गीतले नेपाली संस्कृतिको जगेर्ना गर्दै महिलाहरूको सौन्दर्य, खुसी र सामूहिक उत्सवको भावनालाई उजागर गर्छ । यो गीतले तीजको रौनकलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
गायिका काफ्लेले प्रत्येक वर्ष तीजलाई लक्षित गर्दै गीत सार्वजनिक गर्ने गरेकी छिन् ।











