व्युटिसियन ट्यालेन्टमा छानिए २१ प्रतियोगी

सौन्दर्य । ‘व्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फाईनलका लागि २१ जना प्रतियोगीहरु चयन भएका छन् । गत साता सम्पन्न पहिलो अडिसनबाट १३ जना चयन भएका थिए भने बुधबारसम्पन्न दोश्रो अडिसनबाट पुन ८ जना चयन भएका छन् ।

रोज ब्युटी एकेडेमी रविभवनमा नेपाल नेशलन हस्पिटलका अध्यक्ष डा. प्रकाश पौडेलका प्रमुख आतिथ्यतामा दोश्रो अडिसन सम्पन्न भएको हो । दोश्रो अडिसनबाट पाल्पाकी लक्ष्मी पौडेल, काठमाडौंका जेस्मी श्रेष्ठ, सविना शाही, अम्बिका खत्री, हिसिला महर्जन, ललितपुरका सविना महर्जन, चिनु कुँवर बस्नेत, सञ्जु तामाङ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ सिजन ६ को लागिथ चयन भएका हुन् ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.को सँयुक्त रुपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा यस अघि १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा सृजना श्रेष्ठ, निशा थापा, रितु राना (रिता), रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठरहेका थिए ।

छैठौँ सिजनको यो दोश्रो अडिसनको निर्णायकहरुमा ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ३ की बिजेता लिना डँगोल, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजित, लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी सर्कलकी अध्यक्ष सुनकुमारी श्रेष्ठ, ब्युटिसियन सकुन्तला अवाले रहेका थिए । यो प्रतियोगिताको अफिसियल कोरियोग्राफरमा जयन सुब्बा मानन्धर रहेकी छिन् ।

यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २५ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगिताले व्युटिसियनहरुलाई आफ्नो पार्लरबाट बाहिर आएर आफ्नो पेशामा नेतृत्व गर्ने क्षमता बढाउनुका साथै सेलिब्रेटी व्युटिसियनको रुपमा उनीहरुलाई स्थापित गर्दै आएको यसका अर्का आयोजक डब्बु क्षत्रीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्