फिल्म । पछिल्लो समय अभिनेता अनमोल केसीले धुपौरे साइन गरेका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्ने फिल्मको लागि अनमोल यतिबेला वर्कशपमा छन् । तर , उनको घोषणा भएको फिल्म ‘एन्टी हिरो’ के हुन्छ त् ? यो प्रश्न यतिबेला उठेको छ । यसै बीच अभिनेता तथा निर्माता भुवन केसीले फिल्म आउँदो वर्षको दसैँमा आउँन सक्ने बताएका छन् ।
उनका अनुसार एन्टी हिरो आउँदो वर्ष विक्रम संवत २०७७ को दसैँमा प्रदर्शन हुनेछ । उनि पनि विदाको फाइदा नछाड्ने पक्षमा देखिएका छन् । यो बर्षको दशैं २ दिनपछि बल्ल सुरु हुँदैछ । तर, नेपाली फिल्मका मेकरहरुको आँखा भने अर्को दशैंमा ठोक्किन थालेको छ । आउँदो बर्षको दशैंमा रिलिज गर्नेगरी निर्माता अशोक शर्माले ‘अल्लारे २’को प्रदर्शन मिति तय गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्