फ्राइडे फिल्म : ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ र ‘नाङ्गो गाउँ’

फिल्म । दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ र ‘नाङ्गो गाउँ’ प्रदर्शन भएको छ । सामाजिक विषयवस्तुमा आधारित दुवै चलचित्रको सुरुआती दर्शकको चाँप राम्रो छ ।

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक प्रेमकथा)’ मा ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैगिक अल्पसङख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

निर्देशक थापाले लगातार निर्माण गरिरहेको चलचित्रमा फरक रहेको जानकारी दिईन् । चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय रहेको छ ।

सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङकन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

आजैदेखि प्रदर्शन भएको निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको चलचित्र ‘नाङ्गो गाउँ’ मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय रहेको छ । यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्