संगीत । महिला सशक्तिकरणलाई प्राथमिकता दिंदै नव गायिका शिवानी भट्टराईले आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत सार्वजनिक गरेकी छिन् । गायिका भट्टराई स्वयमकै अभिनय रहेको ‘अबन्धन’ गीतको भिडियोमा कोरियोग्राफर प्रशान्त तामाङले साथ दिएका छन् ।
गायिका शिवानीले यस गीत मार्फत एक महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेकी छिन् । अनावश्यक विचार र सम्बन्धमा भएको समस्याबाट छुट्कारा पाएको भाव गीतले प्रस्तुत गरिएको शिवानीको भनाइ छ । प्रशन्न शाक्यको निर्देशन रहेको गीतको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्










