‘आ बाट आमा २’ मा निकिता

फिल्म । निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’ मा अभिनेत्री निकिता आचार्य अनुबन्धित भएकी छन् । निर्माण पक्षले बिहीबार उनलाई फिल्मका लागि औपचारिक रूपमा अनुबन्ध गरेको हो । फिल्मका निर्देशक तथा निर्माता पन्तले निकितालाई फिल्मको एक मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिए ।

निकिता आचार्य यसअघि पनि केही नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् । आगामी असोज ३० गते, अर्थात् दसैंको फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा यसअघि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्का अनुबन्धित भइसकेका छन् । फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्