‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

फिल्म । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड छन्। गीतको अडियो तथा भिडियो दुवैले दर्शकको ध्यान आकर्षित गर्ने खालको रहेको निर्माण पक्षको दाबी छ।

गीतमा एसडी योगी र अञ्जु पन्तको स्वर रहेको छ भने सुरेन्द्र रानाको शब्द र एसडी योगीकै संगीत रहेको छ। गीतका संगीत निर्माता रिकेश गुरुङ हुन्। भिडियोको कोरियोग्राफी सुरेन्द्र राईले गरेका छन् भने शेखर घर्ती मगर र सुशन तामाङ सहायक कोरियोग्राफर रहेका छन्।

‘जलाकी’ निर्देशक अशोक थापा मगरको दोस्रो फिल्म हो। यसअघि उनको डेब्यु फिल्म ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। निर्माण टिमले यसअघि फिल्मको प्रदर्शन मिति र दुई पोस्टर सार्वजनिक गरिसकेको छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् भने शैलेन्द्र डी. कार्कीले फिल्मको छायांकन गरेका छन्।

आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामा र बालकलाकार मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगरको अभिनय रहेको छ।

यसै फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यु गरेकी छन्। फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

कमेन्ट गर्नुहोस्