‘पर्दा बाहिर पनि फाइट गर्छु’ विराज

फिल्म । झन्डै दशक अगाडी एक्सन स्टारको ट्याग पाएका विराज भट्टले एक औपचारिक कार्यक्रममा आफुले पर्दा बाहिर पनि फाइट गर्ने गरेको बताए । उनले भने ‘म पर्दा भित्र मात्र होइन , बाहिर पनि फाइट गर्छु ।’ तर उनले आफ्नो हात इमान्दार र सहि मान्छेमा कहिले नउठ्ने गरेको पनि बताए । ‘जब मलाइ अन्याय भयो जस्तो लाग्छ त्यतिबेला हात उठ्छ’ विराजले भने । उनलाई केहि साता अगाडी मात्र प्रोडक्सन म्यानेजर शंकर पाण्डेलाई हातपात गरेको आरोप लागेको थियो । शंकर तात्कालिन समयमा फिल्मका प्रोडक्सन म्यानेजर थिए । कामकै शिलशिलामा विराज र शंकर बीच हात हालाहाल भएको थियो । यस विषयमा विराजले बोल्दै निर्मातालाई सकाउन नभई बचाउन लाग्नु पर्नेमा जोड दिए ।

‘केहि खराब व्यक्तिले गर्दा फिल्मनगरीले असफलता भोगिरहेको छ’ उनले भने ‘कमिसनको चलखेलले फिल्मको बजेट त बढ्छ तर त्यो पर्दामा देखिदैन ।’ उनले शंकरले आफ्नो मनोमानी रुपमा कमिसनको चलखेल गर्न नपाउदा आफुहरु बीच उक्त घटना घटेको बताए । ‘मैले उहालाई चालचलन हेरेर फिल्मबाट निकाले तर उहाले पब्लिसिटी लिएर जानु भो’ विराजले भने ‘फिल्मलाइ बचाउन अनावश्यक लगानी पनि घटाउनु पर्छ ।’ फिल्ममा सन् २०१७ कि मिस नेपाल निकिता चाण्डक लिड हिरोइन छिन् । बैशाख २४ गतेबाट छायांकन सुरु हुने फिल्ममा विराजसँगै प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, अमित गिरीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।

फिल्मलाई मानकृष्ण महर्जनले खिच्नेछन् । ‘साङ्लो’ को केही दिन अगाडि दुई दिनको छायांकन डोटीमा गरिएको अभिनेता टर्न निर्देशक विराजले बताए । विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा तेज बहादुर खड्काले विराजलाई लगानीमा सघाउने छन् । ५० दिनमा छायांकन पूरा गर्ने लक्ष्य लिइएको यसमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल खप्तडमा फिल्मको छायांकन हुनेछ । यसको स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहनेछ । विराजलाई निर्देशनमा नवराज शर्माले सघाउने छन् ।

कमेन्ट गर्नुहोस्