‘बादशाह जुट’ बाट आशावादी सुशील

फिल्म । अभिनेता सुशील श्रेष्ठले आफुले फरक रोलका लागि सक्दो मेहनत गरेको बताएका छन् । उनले यहि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बादशाह जुट’ मा आफुले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै पत्रकार बन्न मेहनत गरेको खुलाएका छन् । ‘क्यारेक्टरकै लागि मैले विभिन्न शो हेरे , हाउभाउमा ध्यान दिए’ उनले भने ।

डेब्यु फिल्ममै पाएको सफलता र त्यसपछि असफलताले आफुलाई धेरै सिकाएको उनले बताए । ‘मैले नसोचेको सफलता पाए र त्यसपछि आफुनो अभिनय सुधार्न मेहनत पनि उत्तिकै गरेको छु’ उनले भने । त्यसो त निरन्तरको असफलताले उनलाई केहि समय डिप्रेशनमा समेत राखेको थियो । तर , उनले मेहनत गर्न छाडेका छैनन् ।

‘मैले सकेको कोसिश गरिरहेको छु र अझै गर्नेछु’ उनले भने ,’हामीले नयाँ क्यारेक्टरमा आफुलाई ढाल्न मेहनत गर्ने हो ।’ सुशीलले फिल्ममा पत्रकारको भूमिका निर्वाह गरेका छन् । केहि गर्ने सोच बनाएता पनि अविश्वासको पात्र बनेपछि उनि आफै आट गर्छन् । फलत आउने उतारचढावलाई यसमा समेटिएको छ । फिल्ममा उनिसँग जोडिएका छन् , आमिर गौतम । सुशील र आमिर फिल्ममा जुट बनेका छन् । यी दुइ नै आफ्नो क्षेत्रमा केहि गरेर देखाउन चाहन्छन । एक्सन र कमेडी जनरामा निर्माण भएको फिल्ममा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीले एक गीतमा ठुम्का लगाएकी छन् ।

फिल्मलाई राजु काकीले खिचेका हुन् । अभिषेक शशि कुमारको पटकथा रहेको फिल्ममा राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाज, कोशिश क्षेत्री, मोहित मुनालले संगीत भरेका छन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) ले लगानी गरेको फिल्म एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो ।

कमेन्ट गर्नुहोस्