सङ्गीत । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा शर्मा अभिनित तीज गीत’नाच्ने हो हिल भाँच्ने गरी’को भिडियो सार्वजनिक भएको छ ।
गीतकार डी पी खनालको शब्दरचना , शंकर थापा ‘स्माइल’को म्युजिक निर्देशन र गायिका निता आचार्यको सुमधुर स्वरमा रहेको यस मौलिक तीज गीतमा गत बर्ष तीज पर्व मनाउन नपाएकोले यसपाली सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गरिएको छ ।
केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्












