वीरगञ्जमा ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु

11 Shares
तस्वीर शंकर गिरी

फिल्म । नेपाली फिल्मको कम्जोर बजार मानिने प्रदेश नम्बरमा बिहीबारदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ । प्रदेश नम्बर २ अन्तर्गत वीरगञ्जमा चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीसँगै समारोहमा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानि राणालगायतको उपस्थिति रहेको थियो । आयोजकले विहिबार बिहान वीरगन्जस्थित घण्टाघरबाट महोत्सवस्थल आदर्शनगर रङ्‍गशालासम्म प्रभात फेरीको आयोजना गरेको थियो ।

प्रभातफेरीमा वरिष्ठ कलाकारहरू निर शाह, भुवन केसी, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा, विराज भट्ट, झरना थापा, निरुता सिंह, वर्षा सिवाकोटी, नीता ढुंगाना, छुल्ठिम गुरुङ, दीपकराज गिरी, दिपाश्री निरौलालगायतले सहभागीता जनाएका थिए । घण्टाघरबाट सुरु भएको प्रभात फेरि रंगशालासम्म पुगेको थियो ।

विज्ञापन

फिल्म क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको निर्माता संघले जनाएको छ । महोत्सवको पहिलो दिन बलिउड अभिनेता गोविन्दा पनि सहभागी भएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्जमा छन् । कलाकर्मीहरुको उत्साहजनक सहभागिताले चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गरे । कार्यक्रम २१ , २२ र २३ गतेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्