‘जोडी जीवन अनुभव गर्न पाएकी छैन’ स्वेता खड्का

फिल्म । अभिनेत्री स्वेता खड्कालाई नचिन्ने फिल्म पारखी सायदै होलान । नेपाली फिल्म हेर्ने र नेपाली फिल्म प्रति चासो राख्ने सबैले स्वेतालाई चिन्छन । उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर , विवाह गरेको महिना दिन पनि नपुग्दै उनका पति श्रीले यो दुनिया छाडे । त्यस यता एक्लो जीवन विताउदै आएकी स्वेताले प्रेमको विषयमा बोलेकी छिन । पछिल्लो समय स्वेताले विवाह गर्दा के हुन्छ भन्ने किसिमका केहि भ्ल्ग र उनि प्रेममा छिन ? भन्ने गसिप आउन थालेपछि यस विषयमा उनले साप्ताहिक पत्रिकासँग कुराकानी गरेकी छिन ।

उनले आफुले जोडी जीवन अनुभव गर्न नपाएको बताएकी छिन । ‘विगतमा कसैसँग सहकार्य गर्ने संझौता त भएको थियो तर मैले एउटी श्रीमतीका रुपमा, बुहारीका रुपमा जीवनको अनुभव नै गर्न पाइनँ’ स्वेताले कुराकानी कै क्रममा भनेकी छिन् ‘म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । कस्तो हुन्छ जोडीको जीवन, अनुभव गर्न पाएकी छैन ।’ उनले विवाहको बारेमा नसोचेको र एक्लो जीवननै खुशी रहेको बताएकी छिन । पछिल्लो समय उनि फिल्म ‘कान्छी’मा काम गरेपछि अहिले सिन्धुपाल्चोकमा आफ्नो सपनाको बस्ती निर्माणमा व्यस्त छिन् ।

कमेन्ट गर्नुहोस्