देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

सङ्गीत । सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैलीलाई चित्रण गर्ने देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीता बडुवालको स्वरमा रहेको यो गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ ।

गीतका शब्द र संगीत संगीता बडुवालले रचना गरेकी हुन् । दीपक संगम बीसीको संगीत संयोजनमा तयार भएको गीतको भिडियो पनि उत्तिकै आकर्षक छ । भिडियोमा दीपक संगम बीसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालको अभिनय छ ।

मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा बनेको भिडियोमा अमित बीकेको छायांकन र रंग संयोजन तथा राजेश बोहराको सम्पादन छ । शैली, लय र प्रस्तुति उत्कृष्ट रहेको यो गीतले देउडा गीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतको भिडियो गायक रोशन टमट्टाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

कमेन्ट गर्नुहोस्