पूर्वराजाले दिए ‘यो मन त मेरो नेपाली हो’ लाई शुभकामना

फिल्म । मित्र प्रधान (नर)को निर्देशनमा बन्न लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु गरिएको छ । सोमबार दमकस्थित पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै सोही ठाउँबाट छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । फिल्मको मुहूर्तभन्दा अगाडि निर्देशक प्रधानले पूर्वको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए । सो अवसरमा पूर्वराजाले फिल्मलाई शुभकामना दिएका थिए ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्ममा विल्सन विक्रम राई, रोशन श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती लगायतको अभिनय छ । फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठाउनेछ । शिवम् अधिकारीको लेखन रहेको फिल्मको पाँचथर, झापा, सिक्किम, म्यानमार, देहरादून, क्यानडा, अमेरिकामा सुटिङ हुनेछ ।

निर्देशक प्रधानकै कथा रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र समीर मियाँको भीएफयक्स रहनेछ । फिल्मको मुख्य सहायक निर्देशकमा रामबाबु खड्का रहेका छन् भने कला निर्देशक रोशन रम्तेल दिवाना र निर्माण नियन्त्रकमा सुमन काफ्ले छन् । फिल्मको छायांकन विभिन्न चरणमा गरिनेछ ।

कमेन्ट गर्नुहोस्