राजी निर्देशकको फिल्ममा दीपिका

0 Shares

फिल्म । केहि समयको ग्यापपछी दीपिका पादुकोण फिल्ममा देखिदैछिन् । पछिल्लो समय संजय लीला भन्सालीको फिल्ममा देखिने चर्चा भएता पनि उनले ‘राजी’ निर्देशक मेघना गुलजारको नयाँ फिल्म ‘छपाक’ मा देखिने जानकारी दिएकी छिन । सामाजिक सञ्जालमा फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेटको जानकारी समेत दिएकी छिन । फिल्म आउँदो वर्ष सन् २०२० को जनवरी १० मा रिलिज हुनेछ । पछिल्लो फिल्म ‘पद्मावत’ पश्चात बलिउड नगरीमा देखा नपरेकी दीपिकालाई मेघनाले साइन गराएकी हुन् ।

फिल्ममा एसिड अट्याक र साईबर क्राइमको कथालाई देखाइनेछ । यसले एक परिवारको दैनिकीमा ल्याएको असरलाइ मेघनाले पर्दामा देखाउनेछिन् । डेब्यु फिल्म तलवार र दोस्रो फिल्म राजी मार्फत आफुलाई निर्देशनमा स्थापित गरिसकेकी मेघनाले समसामयिक विषयवस्तुलाई फिल्ममा समेट्दै आएकी छिन् । फिल्मको सार्वजनिक फस्ट लुकमा देखिएकी दीपिकाको चर्चा सामाजिक सञ्जालमा बढ्दो छ ।

Facebook Comments