फिल्म । आफ्नो पछिल्लो फिल्म ‘केजिएफ’ को कारण साउथ इण्डियासँगै बलिउडमा पनि उत्तिकै क्रेज बनाउन सफल भएका निर्देशक प्रशान्त नीलले आउँदो फिल्ममा बाहुबली स्टार प्रभाससँग काम गर्ने भएका छन् । उनले आउँदो जनवरीबाट छायाँकन गर्ने फिल्मको नाम ‘सलार’ राखिएको छ । यसैवर्ष रिलिज हुने भनिएको फिल्म ‘केजीएफ २’ कोरोना भाइरसको कारण प्रदर्शनमा आउन सकेन । आफ्नो सेड्युल अनुसार निर्देशक प्रशान्तले दोस्रो प्रोजेक्टको काम अगाडी बढाएका हुन् ।
मास इन्टरटेनीङ फिल्म निर्देशनमा अब्बल सावित भएका प्रशान्तले प्रभासको क्रेज अनुसारकै एक्सन र थ्रिलर कथामा फिल्म बनाउने बताएका छन् । यसलाई केजीएफकै टिमले निर्माण गर्नेछ । फिल्मको सार्वजनिक फस्टलुकमा प्रभास निकै आक्रामक देखिएका छन् । उनको प्रदर्शित पछिल्लो फिल्म ‘साहो’ भन्दा पनि दमदार एक्सन यसमा रहने निर्माण पक्षले बताएको छ । (एजेन्सी)
#Prabhas in #SALAAR
THE MOST VIOLENT MEN.. CALLED ONE MAN.. THE MOST VIOLENT!!
Revealing our next Indian Film, an Action Saga.@VKiragandur @prashanth_neel pic.twitter.com/RqaIPwSUiB— Hombale Films (@hombalefilms) December 2, 2020