‘लभ डायरिज’ गीतमा प्रिष्मा/प्रिन्सी

0 Shares

फिल्म । सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’को नयाँ रिलिज डेट तय भएको छ । फिल्मको सम्पूर्ण छायाँकन सकाउदै निर्माण पक्षले फागुन २ (भ्यालेन्टाइन डे)लाई रिलिज तोकेको हो । छायाँकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचियो । अर्जुन पोखरेल शब्द/संगीतवद्द ‘छम छम छम…’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।

कोरियोग्राफर प्रविण सिंहले कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा/प्रिन्सी खतिवडा र कमला घिमिरेलाई कोरियोग्राफ गरेका छन् । टिक-टक भाइरलहुँदै म्युजिक भिडियोमा व्यस्त प्रिष्मा/प्रिन्सीलाई पहिलो पटक फिल्मको गीतमा फिचर्ड गरिएको हो ।

सौरभ चौधरी निर्देशित लभस्टोरी फिल्ममा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । संजय लामाले खिचेको सिनेमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मधु बास्तोलाको कथा/पटकथा रहेको सिनेमामा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको सिनेमामा सरोज तुलाधरको सह-निर्माण छ ।

कमेन्ट गर्नुहोस्