रोपाइँ गर्दै हमाल

देश । एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो । तिनै तहका सरकारहरुसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MOALD), र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ ।

यस कार्यक्रमको होष्ट महानायक राजेश हमालले गर्नेछन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ ।

निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन् । यस कार्यक्रम कृषि उधमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उदेश्य अनुरुप प्रस्तुत गरिएको छ।

कृषक र कृषि प्रविधिक यस शो मा प्रतियोगी रहने छन् जस्मा दिगो र नविन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिने छ । कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रुपमा प्रस्तुत गर्ने हो ।

कमेन्ट गर्नुहोस्