फिल्म । फिल्म ‘‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ । केहि समय देखि छायांकनमा निस्किन नसकीरहेको फिल्मले मंगलवार देखि पर्वतबाट छायांकन सुरु गरेको हो । गीतकार तथा स्त्री रोग विशेषज्ञ भोला रिजालका छोरा कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्मको नाम ‘ह्यारीकी प्यारी’ फाइनल गरिएको हो । फिल्ममा जीतु नेपाल र साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा छिन् । कलाकार फाइनल गर्दा ‘श्रीमान् वान्टेड’ नाम राखिएको फिल्मले छायांकनमा गएपछि ‘ह्यारीकी प्यारी’ तय गरेको हो ।
जितु नेपालको मेकअप गर्दै गरेको फोटो राख्दै सुटिङ गर्न लागेको जानकारी गराएका हुन् । जोडी खोज्ने कथालाई प्रस्तुत गर्ने बताइएको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, नरेश पौडेल ,सुवास गजुरेल, रमेश अधिकारी लगायतका कलाकार अभिनय रहनेछ । फिल्म डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा निर्माण भईरहको छ भने प्रस्तुति र निर्देशन डा. कपिल रिजालको रहनेछ । फिल्ममा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ।