राजेश र भुवनको कानेखुसी

फिल्म । नेपाली फिल्ममा सर्वाधिक काम गर्ने अभिनेताहरुको सुचीमा पर्छन , राजेश हमाल । यिनै हमाल पछिल्लो समय फिल्मनगरीबाट टाढिएका छन् । तर , फिल्मअंग जोडिएको गतिविधिमा भने संलग्न नै छन । शनिवार राजधानीमा आयोजित कामना अवार्डमा राजेश उपस्थित थिए । उनि बसेकै रो मा आएर बसे भुवन केसी । यी दुइको कानेखुसी भयो नै त्यहि मौकामा तस्वीर पनि कैद भयो । केहि समय अगाडी हमालको शो ‘को बन्छ करोडपति’ मा देखिएका भुवन र राजेशसंगै देखिएका थिए । त्यसपछि अमेरिकामा आयोजित अवार्डमा राजेश र भुवनसंगै शिव श्रेष्ठ पनि देखिए ।

एकै पटक स्टेजमा यी तिन देखिनु त राम्रो भयो नै एकै इभेन्टमा हुँदा समेत रौनकता थपिन्छ । कामना अवार्डमा पनि राजेश र भुवनको उपस्थितिले रौनकता थपेको थियो । यिनीहरु अवार्डमा रहुन्जेल संगै रहे । दुबैले केहि रमाइलो कुरा गरेको अनुमान लगाउन सकिन्थ्यो । भने , कुनै कुनै बेला कानेखुसी पनि नगरेका हैनन् । समकालीन अभिनेताको रुपमा चिनिने राजेश र भुवनसंगै नीर शाह , गायक आनन्द कार्की , अभिनेता धिरेन शाक्य पनि थिए । तर, कार्यक्रम अवधिभर राजेश र धिरेनले एकअर्कासँग बोल्नु त टाढाको कुरा अनुहारसम्म हेरेनन् ।

उनीहरुले ‘भीष्म प्रतिज्ञा’, ‘अर्जुन’, ‘सिमाना’ लगायतका केही फिल्ममा सँगै काम गरेका थिए । तर, एक समय बक्सअफिसमा हिट मेशिन भनिने अभिनेताद्वय राजेश हमाल र धिरेन शाक्यबीच झण्डै डेढ दशकदेखि शितयुद्ध चलेको छ । अझ भनौं, उनीहरुबीच ‘पानी बाराबार’ को सम्बन्ध छ । एक फिल्मको प्रचारको क्रममा अभिनेता धिरेनले ‘राजेश हमाललाई चिन्दिनँ’ भनेका थिए । यसपछि हमाल र शाक्यबीच शितयुद्ध सुरु भएको हो । त्यो अहिले पनि कायमै छ । उनीहरु कुनै कार्यक्रममा भेट हुँदा समेत एकअर्कासँग बोल्दैनन् ।

कमेन्ट गर्नुहोस्