जुनियर एन्टीआरसंग कियाराको जोडी

फिल्म । साउथ इन्डियन स्टार जुनियर एन्टीआरले आफ्नो ३० औँ फिल्म निर्देशक शिवासंग गर्दैछन् । केहि दिनमानै घोषणा हुने यो फिल्म आउँदो वर्ष रिलिज हुने तयारी छ । फिल्मको अन्य स्टारकास्टको बारेमा जानकारी नगराएता पनि यसमा बलिउडकी अभिनेत्री कियारा एडवानीको अभिनय रहन सक्ने बताइएको छ । शिवाकै निर्देशनमा तयार फिल्म भारतमा कियाराले काम गरिसकेकी छिन् ।

साउथ फिल्मको लोकप्रियतालाई बुझिसकेकी कियारा पछिल्लो समय हिट फिल्मको पर्खाइमा छिन् । बलिउडमा कबिर सिंह र गुड न्युज जस्ता सफल फिल्ममा काम गरिसकेकी कियारा अब साउथमा पुनः काम गर्ने संकेत गरेकी छिन् । उनलाई सोसल मिडियामा फ्यानले सोधेको प्रश्नको जफाव दिदै छिटै फिल्मको उद्घोष हुने बताएकी थिइन् ।

फिल्मसंग जोडिएको सदस्यलाई आधार मान्दै भारतीय मिडियाले कियाराले फिल्म साइन गरिसकेको उल्लेख गरेका छन् । फिल्म एक्सन ड्रामा हुने बताइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्