अष्ट्रेलियामा लाग्दै ‘बोक्सीको घर’

फिल्म । नेपालपछिको दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियामा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया वितरणको अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएसँगै फिल्मको प्रदर्शन निश्चित भएको हो । फिल्ममा समावेश गीत ‘बुझिन मैले’ सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्मलाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त छ ।

अष्ट्रेलिया प्रदर्शनको डेट केही दिनमा घोषणा गर्ने तयारी भइरहदा निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले नेपालपछिको दोस्रो बजारमा फिल्म प्रदर्शन हुने खबर सुनाउन पाउँदा उत्साहित रहेको बताएकी छिन् । सत्य घटनाबाट प्रेरित फिल्म मण्डला नाटकघरमा मन्चन गरिएको सोही शिर्षकको नाटकबाट तयार गरिएको हो ।

सुलक्षण भारती निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन् ।

कमेन्ट गर्नुहोस्