यशको जन्मदिनमा ‘टक्सिक’ को झलक

फिल्म । ‘केजीएफ’ शृंखलामार्फत यश आफू मात्र चिनिएनन्, आफ्नो कन्नड फिल्म उद्योगलाई पनि चिनाए । उनै यश नयाँ फिल्म ‘टक्सिक’ मा देखिदैछन् । फिल्मको निर्माण पक्षले उनको जन्मोत्सवको अवसर पारेर फिल्मको झलक सार्वजनिक गरेको छ । एक मिनेट लामो भिडियोमा यश ‘रोयल लुक्स’मा प्रस्तुत छन् । यस भिडियोमा यश फ्यानको अनुमान विपरित देखिएका छन् ।

सेतो सुटबुटमा ठाटिएका यश गाडीबाट ओर्लिएर सिगार सल्काउँदै एउटा भव्य नाइटक्लबभित्र छिर्छन् । यसले फिल्ममा यशको पात्र सन्की र मनमौजी स्वभावको रहेको दर्शाउँछ ।

फिल्मको निर्माता यश आफैं हुन् । उनको प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् । सार्वजनिक झल्क समावेश भिडियोमा ‘टक्सिक’को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यसमा उनको जोडी कियारा आडवाणीसँग बाँधिएको छ भने दिदीको भूमिकामा अभिनेत्री नयनतारा रहेको चर्चा छ ।

कमेन्ट गर्नुहोस्