फिल्म। शुक्रवारबाट प्रदर्शन हुने नेपाली सिनेमा ‘बुलाकी’ विषयवस्तुको कारण चर्चामा छ। कर्णालीको भूभागमा जीवन विताईरहेकी एक महिलाको कथा देखाईएको छ। यसमा लिड एक्टरमा छन् नरेन खड्का। डेब्यू सिनेमा ‘हमेशा’ रिलिज भएको लामो समयपछि अभिनेता खड्का ‘बुलाकी’ मार्फत एउटा शसक्त भूमिकामा प्रस्तुत भएकाछन्। अभिनेता खड्काले नेपालीसँगै भोजपुरी फिल्ममा समेत अभिनय गरेकाछन्। यसपटक अभिनेता खड्का कर्णालीको युवकको भूमिकामा छन्। आफ्नो श्रीमतीले छाडेर गएपछि आउने उतारचढावलाई फिल्ममा छ। “स्थानीय बन्न मैले सक्दो मेहनत गरेको छु। चरित्रलाई ग्रहण गर्न गरिएको मेहनत पर्दामार्फत दर्शकसम्म पुग्नेमा विश्वस्त छु’, अभिनेता खड्काले भने।
उनले फिल्ममा चन्द्रयाको भूमिका निवार्ह गरेका छन्, जो विवाहित छन् । विवाह गरेको लामो समयसम्म पनि निःसन्तान भएका कारण श्रीमतीसँग सम्बन्ध राम्रो छैन । खेती–किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गरिरहेका छन् । उनी भन्छन्– ‘बुलाकी मेरो कमब्याक सिनेमा हुनेछ ।’ ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह–अवरोहलाई प्रस्तुत गरिएको अभिनेता खड्काको भनाइ छ ।
यसमा अभिनेता खड्कासँगै सुरक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्री अभिनय गरेका छन् ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको यो फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमाको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ । सिनेमालाई त्रिनेत्रम् र एफडी गर्दैछन् ।











