‘फिल्म मार्फत नेपाललाई विश्वमा चिनाउनु पर्छ’सुनिल

फिल्म । पछिल्लो समय नेपाली फिल्म तथा गीतसंगीतलाई लक्षित गरिएको धेरै जसो अवार्ड विदेशी भुमिमा हुने गर्छ । अमेरिका , अष्ट्रेलिया , बेलायतसंगी मिडल इस्ट कन्ट्रीमा अवार्ड हुने गर्छन । तर यसको उपलब्धि फिल्मनगरीले महसुस नै गर्न पाएका छैनन् । अर्थात् यस किसिमको अवार्डले चर्चा त पाउछ तर आलोचनाको रुपमा , यो सबैको हकमा नहोला तर अधिकांस अक्षुतो भने छैनन् । यसरि आयोजना हुने अवार्डले उपलब्धि हासिल गर्न नसक्नुको कारण हो , उक्त ठाउमा भएको अवार्डको प्रचारप्रसार नहुनु । हामी जहाँ अवार्ड गर्छौ , त्यहाँका कलाकर्मीसंग नजोडीनु । ‘हामीले विदेशी भुमिमा अवार्ड भने त्यहाँका कलाकारलाई पनि ल्याउन पहल गर्नु पर्छ’ कलाकार सुनिल थापा भन्छन् ‘नेपाल पछिल्लो समय भूकम्पको कारण चिनियो जुन दुखद छ तर अब फिल्मनगरीको कारण नेपाल चिनिनु पर्छ ।’ उनले विदेशमा आयोजना गरिने अवार्डले सार्थकता नपाएको औल्याए ।

‘हामीले गर्ने अवार्डलाई अलि स्ट्यान्डर्ड लेवलमा गर्नु पर्छ र जहाँ चलेका कलाकारलाई बोलाउन पहल गर्छु पर्छ’ सुनिलले भने ‘यस किसिमले नेपाली फिल्मनगरी विदेशीसामु परिचित हुन्छ र साचिकै फिल्मक्षेत्रलाई टेवा पुग्छ ।’ उनले अवार्ड गर्ने भन्दा पनि त्यसको उपलब्धि हासिल गर्न तीर जोडी दिनु पर्ने बताए । साथै उनले पछिल्लो समय चेयरम्यानको रुपमा समालिरहेको एभेरेष्ट फिल्म एकेडेमी एसोसियट भएको ‘एभेरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०१९’ मा चाइनिज हलिउड एक्टरलाई बोलाउने कोशीस थालिएको पनि बताए । हङकङमा आउदो जुनमा हुने अवार्डमा प्रसिद्ध कलाकार ज्याकी चेनलाई विशेष आमन्त्रण गरिएको छ । यदि उनि आएमा अवार्ड सार्थकता पाउनसंगै नेपाली फिल्मनगरी विश्व माँझ परिचित हुने अवार्ड आयोजकको बुझाइ छ । उक्त अवार्डमा नेपालबाट ७० को हाराहारीमा फिल्मकर्मी जानेछन ।

कमेन्ट गर्नुहोस्