‘केदारनाथ’ लाई रोक्न पत्राचार

बलिउड । पछिल्लो समय फिल्म ‘केदारनाथ’ को चर्चा जति बढ्दो छ , त्यति नै यो विवादमा समेत पर्दैछ । फिल्म केदारनाथको विषयमा आधारित छ , यसैले गर्दा यसले धार्मिक आस्थामा चोट पुर्याउन सक्ने भन्दै विवाद उत्पन्न भएको छ । सन्फि २०१३ मा केदारनाथमा बाढीको कारण उत्पन्न समस्यामा आधारित फिल्मको टिजर सार्वजनिकमा नै यसका कलाकार सुशान्त सिंह राजपुत र सारा अलि खानको किस सिनलाई लिएर चर्चा विवाद उत्पन्न भएको थियो ।

यसलाई प्रतिबन्ध लगाउने मांग विजेपी नेता अजेन्द्र अजयले गरेका छन् । उनले यसले हिन्दुको आस्थामा ठेस पुर्याउने र प्रेमले पनि सकारात्मक संदेश प्रवाह नगर्ने बताएका छन् । उनले केदारनाथ जस्तो धार्मिक स्थानमा मन प्रेममा नभई भक्तिमा मात्र लिप्त रहने बताए । उनले सेन्सर बोर्ड अध्यक्ष प्रसुन जोशीलाई चिठी पठाउदै फिल्मले हिन्दुको आस्थामा आंच पुर्याउने हुदा रोक लगाउन मांग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्