माघमै गोपी ?

फिल्म । चैत १५ गतेलाई रिलिज डेट घोषणा गरिएको फिल्म ‘गोपी’ माघ १८ मा रिलिज हुने सम्भावना बढेको छ । हुन् त बैशाख १३ को डेट पनि यसको लागि विकल्पमा छ , तर वितरकसँगको सल्लाह अनुसार माघकै तेस्रो साता रिलिज हुने सम्भावना उच्च छ । विपिन कार्की , बर्षा राउत र सुरक्षा पन्तको अभिनय रहेको फिल्म रङ्ग पत्रकार दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो भने यसलाई अर्का पत्रकार सामिप्य तिमल्सेनाले लेखेका हुन् ।

‘रिलिज डेटको विषयमा छलफल भईरहेको छ तर टुङ्गो लागिसकेको छैन’ निर्देशक लामाले बताए । उनले फिल्मको काम लगभग सकिएकोले रिलिज प्रि-पोण्ड हुनसक्ने संकेत गरे । अर्थात् फिल्म माघकै तेस्रो साता आउने लगभग तय छ । फिल्ममा मणि करण केसीको निर्माण रहेको छ भने फिल्मका कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्