फिल्म । डेब्यु फिल्म ‘लालपुर्जा’ मा अभिनय गर्ने समयमा चर्चामा आएकी अभिनेत्री मिरुना मगर त्यसपछि सफलताको पछाडी छिन् । पहिलो प्रेस भेटघाटमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा उनि दर्शकसामु चित्रण भएपनि सफलता उनले पाउँन सकेकी छैनन् । त्यसैले यसैले गर्दा पनि मिरुनाको लक होइन ‘ब्याडलक’ छ भन्ने चर्चा पनि फिल्मनगरीमा हुन्छ । किनकी हिरोइनमा हुनु पर्ने गुण भएता पनि राम्रो मेकर नपर्दा उनि अगाडी बढ्न सकेकी छैनन् । यिनै मिरुनाले आर्यन सिग्देलसँग जोडी बाधेको फिल्म ‘च च हुई’ पछिल्लो रिलिज फिल्म हो । यसमा मिरुनाको चर्चा भएता पनि फिल्मले सफलता दिलाउन सकेन । आर्यनसँग जोडी बाधेपछि उनको जोडी दयाहाङ राईसँग बाधिएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्ममा दया र मिरुना पहिलो पटक पर्दामा देखिदै छन् ।
महिलाको विषयवस्तुमा केन्द्रित फिल्मको ‘जारी’ आउँदो वर्षको जेठ २३ मा रिलिज हुने भएको छ । निर्माण पक्षले फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गर्दै यसको घोषणा गरेको हो । ताप्लेजुङको पाचथर वरपर छायाँकन भएको फिल्मका निर्देशक उपेन्द्र ‘कबड्डी’ सिरिजका लेखक समेत हुन् । बिहे गरेर हिडेका दम्पत्तीको भेषमा दया र मिरुनालाई प्रस्तुत गरिएको छ ।










