आलिया सिक्दैछिन् तेलुगु

64 Shares

फिल्म । पछिल्लो समय एकपछि अर्को फिल्मको कारण चर्चामा छिन् , आलिया भट्ट । डेब्यु फिल्म मार्फत नै आफुलाई स्थापित गरेकी आलियाले आफ्नो अभिनय क्षमताको कारण नै मन जित्दै अगाडी बढिन् । यिनै आलिया यतिबेला तेलुगु भाषा सिकिरहेकी छिन् । उनि बाहुबली निर्देशक एसएस राजमौलीको फिल्म मार्फत साउथ फिल्ममा इन्ट्री गर्दैछिन् । यसैले गर्दा उनले तेलुगु सिकिरहेकी छिन् । आफ्नो अभिनयका कारण दर्शक माँझ लोकप्रियता बढाई रहेकी आलिया डायलग बोल्दा अप्ठेरो नहोस भनेर भाषा सिकिरहेकी हुन् ।

फिल्ममा उनको को-स्टार हुनेछन् राम चरण । झन्डै तिन सय करोडको बजेटमा निर्माण भइरहेको फिल्ममा बलिउडका अन्य कलाकार पनि छन् । फिल्मलाई राजमौलीले निर्देशन गरिरहेका छन् भने यसमा जुनियर एन्टीआर पनि छन् । यस्तै कारणले फिल्म चर्चामा छ । साथै आलिया पनि पछिल्लो समय बलिउडमा लक्की गर्ल सावित हुदै आएकी छिन् । उनि करण जोहरको निर्देशनमा तयार हुने तख्त , संजयलीला भन्सालीको निर्देशनमा तयार हुने इन्शाअल्लाहमा पनि काम गर्दैछिन् जसमा सलमान खान छन् । पछिल्लो समय आलिया रिलिजको क्रममा रहेको फिल्म ‘कलंक’ लाई लिएर उत्साहित छिन् ।

Facebook Comments