असार १५ मा ‘सम्मान तथा भेटघाट’ कार्यक्रम गर्दै किरण

फिल्म । हास्यकलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा फिल्मकर्मीसँगै कलाकारलाई सम्मान गर्ने भएका छन् । हरेक वर्ष झैँ केसीले आउँदो असार १५ मा एक कार्यक्रमको आयोजना गर्दै उनले आफ्नो जन्मोत्सव मनाउदैछन् । उनले आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका ठहर गर्दै हास्यकलाकारतर्फ नरेन्द्र कंस्कार, तैयव शाह, धनराम मुस्कानलाई सम्मान गर्ने भएका छन् ।

यस्तै, नव हास्यकलारतर्फ दिनेश काफ्ले र सिता न्यौपाउने, चरित्र खलनायकतर्फ राजकुमार साह, समाजसेवीतर्फ मेघबहादुर सुवेदी र ओमबहादुर केसी, पत्रकारतर्फ गीता अधिकारीलाई नगदसहित सम्मान गर्दैछन् । आफ्ना माता र पिताको सम्झनामा केसीले स्रस्टा सम्मान तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

हास्यकलाकार केसीकै कारणले असार १५ लाई कलाकारले भेटघाट गर्ने दिनको रुपमा मनाउने गरेका छन् । हाल ‘मह जात्रा’ का लागि न्युजिल्यान्डमा रहेका अभिनेता केसीले नेपाल फर्किनासाथ कार्यक्रमको तयारी गर्ने जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्