‘जय हो’ को पोस्टर नटासिने

फिल्म । काठमाडौँ महानगरपालिकाले फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण नगरेको आग्रहलाई स्वीकार्दै भदौ ८ गते प्रदर्शन तोकिएको चलचित्र ‘जय हो’ ले प्रचारप्रसारको क्रममा पोस्टर नटास्ने घोषणा गरेको छ । महानगरलाई सुन्दर बनाउने अभियानमा साथ दिन यस्तो निर्णय गरिएको चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिए ।

उनले भने,”हामीले महानगरको अभियानमा सघाउने निर्णय लिएका हौँ । हामीले चलचित्र भवन र डिजिटल रुपमा मात्र प्रचारप्रसार गरिरहेका छौँ ।’

टेक पौरखी राईले निर्देशन गर्नुभएको चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

यसमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स र सन्देश शाहले ट्रेलर सम्पादन गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्