‘प्रसाद’ लाई सोसल मिडियामा तारिफ

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद’ को प्रिमियर राजधानीमा सम्पन्न भएको छ । बुधवार साँझ राजधानी स्थित बिग मुभिजमा सम्पन्न प्रिमियरमा फिल्मकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेरेका सम्पूर्णले यसको कथावस्तु र कलाकारको अभिनयलाई रुचाएका छन् । नेपाल आइडल सिजन २ का टप ५ ले समेत फिल्म हेरेर राम्रो लागेको प्रतिक्रिया दिएका छन् । केहि समय यता प्रिमियरमा कम देखिन्थे तर सार्वजनिक कन्टेनका कारण चर्चामा रहेकोले फिल्म हेर्न फिल्मनगरीका अधिकाँस चिनिएका अनुहारको उपस्थिति रहेको थियो । रङ पत्रकारितामा स्थापित नाम भइसकेपछी फिल्म लेखनमा डेब्यु गरेका सुशील पौडेललाई शुभकामना दिन पनि अधिकाँस फिल्मकर्मी उपस्थित थिए ।

फिल्म हेर्नलाई बसुन्धरा भुषाल , चैत्य देवी , भुवन केसी , निर्मल शर्मा , रमेश उप्रेती , दीपकराज गिरी , ऋचा शर्मा , रेनाशा वान्तवा राई , दिवाकर भट्टराई , केशव भट्टराई , शोभित बस्नेत , युवराज चौलागाई , हेमराज बिसी , दिपेन्द्र के खनाल , रामबाबु गुरुङ लगायत धेरै परिचित अनुहारको उपस्थिति रहेको थियो । फिल्म हेर्ने अधिकाँसले सोसल मिडिया मार्फत यसलाई मन पराएको प्रतिक्रिया दिएका छन् । नि:स्तान दम्पतिको कथा देखाइएको फिल्मलाइ दिनेश राउतले निर्देशन गरेका हुन् भने यसको निर्माण सुभाष थापाले निर्माण गरेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ , विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ । यस्तो छ सोसल मिडिया प्रतिक्रिया

कमेन्ट गर्नुहोस्