फिल्म । प्राय कमेडी जनराका फिल्महरु निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फुलबारी’ निर्देशन गर्ने भएका छन् । उनले विपीन कार्की , दयाहाङ राई , मिरुना मगर , प्रियंका कार्की , अरुणा कार्की लगायतका कलाकारहरुलाई लिएर फिल्म निर्देशन गर्न लागेका हुन् । एक रिटायर्ड शिक्षकको कथा भन्ने फिल्ममा बाबु र छोरा बीचको सम्बन्ध देखाइने बुझिएको छ ।
यशोधा फिल्म्सले निर्माण गर्न लागेको फिल्मको शीर्षक पनि ‘फूलबारी’ नै निश्चित भएको छ । फिल्ममा कमल किशोरको कथा , उपेन्द्र सुब्बाको लेखन र मनिष ढकालको लगानी रहने छ । विपिन यस फिल्मको लागि अहिलेसम्मकै उच्च परिश्रमिक लिएको चर्चा छ । यद्दपि यसविषयमा निर्माण पक्षले विपिनले केहि बोलेका छैनन् ।
कमेन्ट गर्नुहोस्










