मुस्ताङ्गमा निराजन र सृष्टी (भिडियो)

संगीत । पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको अनुहार निराजन प्रधान र सृष्टी खड्का अभिनित नयाँ गीत ‘भन कुन चाहिँ खुसि दिउ’ बोलको गीत सार्वजानिक भएको छ । मुस्ताङ्गको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा निराजन र सृष्टीको केमेष्ट्री सुहाउँदो देखिएको छ ।

गीतमा सुगम पोखरेल र बोबी लिम्बुको स्वर रहेको छ । सार्वजनिक गीतमा राम कुमार शिवाकोटीको शब्द ,महाराज थापाको एरेन्ज र संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । गीतलाई निसान घिमिरेले निर्देशन ,सम्पादन र कलर गरेका छन् । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,महि सिंहको मेकअप र बुद्द थापाको छायाँकन समाबेस रहेको छ ।

कमेन्ट गर्नुहोस्