पहिलो सुहाना

56 Shares

फिल्म । अनमोल केसीको नाममा एउटा अघोषित रेकर्ड छ– आफ्ना फिल्ममा हिरोइन नदोहोर्‍याउने। सातौँ फिल्मसम्म हरेक फिल्ममा नयाँ हिरोइनसँग रोमान्स गर्ने उनको सिलसिला कायमै थियो। बजारमा अहिले चलेका साम्राज्ञीराज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरी, सृष्टि श्रेष्ठ सबैले अनमोलकै अपोजिटमा डेब्यू गरेका हुन्। सुहाना थापा अनमोलको हिरोइन हुने कान्छी अभिनेत्री हुन्।

सुहानाले ‘ए मेरो हजुर ३’ मा अनमोलको जोडीको रूपमा अभिनय गरेकी थिइन्। तर, कान्छी भए पनि अनमोलसँग दोहोरिने मामलामा पहिलो हुने भएकी छिन्। निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ मा अनमोललाई साइन गरेपछि सुहाना अनमोलसँग दोहोरिने पक्का भएको हो। धेरै हिरोइन अनमोलसँग डेब्यू गर्नुलाई नै उपलब्धि ठान्छन्। अझ सुहानाले त दोस्रो फिल्म पनि अनमोलसँगै गर्ने भइन्। सुहानालाई संयोगहरूले साथ दिएका छन्।

(सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्