‘झिंगेदाउ २’ मा केकी पक्का

फिल्म । अभिनेत्री केकी अधिकारीले सुपरहिट फिल्म ‘झिंगेदाउ’ को सिक्वेल ‘झिंगेदाउ २’ मा काम गर्ने पक्का भएको छ । फिल्मको निर्माण पक्षले केकीसँग औपचारिक कागजी सम्झौता गरेको जनाएका छन् ।

यसअघि पनि केकीले ‘झिंगेदाउ’ मा मुख्य भूमिका निभाएकी थिइन्, जुन बक्स अफिसमा सफल भएको थियो । फिल्मका निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा अब यसको दोस्रो शृंखला बनाउने तयारीमा जुटेका छन् ।

निर्माण टिमले अहिले फिल्मको लोकेसन हेर्ने काम पनि अगाडि बढाएको छ । ‘झिंगेदाउ’ को सिक्वेल भएकाले ‘झिंगेदाउ २’ मा अघिल्लो शृंखलाका अधिकांश कलाकार दोहोरिनेछन् । यसका साथै, केही नयाँ कलाकारहरूलाई पनि अनुबन्धित गर्ने तयारी निर्माण पक्षको छ । अघिल्लो शृंखलाले पाएको सफलताका कारण निर्देशक तथा निर्माता देउजालाई दर्शकको अपेक्षाअनुसारको कथा बुन्नुपर्ने दबाब छ ।

कमेन्ट गर्नुहोस्