पुष्पा इन्टरनेट रिलिज कन्फर्म

फिल्म । साउथ इण्डियन स्टार अल्लु अर्जुन अभिनित पछिल्लो फिल्म‘पुष्पा’ ले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । तेलुगु , तामिल , कन्नड , मलयालम र हिन्दी भाषामा रिलिज बएको फिल्मले अझै हलमा दर्शकको साथ् पाइरहेको छ । भारतमा कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनको त्रास बढेसँगै फिल्म अब ओटीटी प्लेटफर्ममा आउने भएको छ ।

फिल्म आउँदो शुक्रबार अमेजन प्राइममा बेलुकी ८ बजे रिलिज हुनेछ । अमेजन प्राइमले जनवरी ७ मा फिल्म रिलिज हुने जानकारी सामाजिक संजाल मार्फत दिएको छ । फिल्म डिजिटल प्लेटफर्ममा आउने भएपछि दर्शकले उत्साहित हुँदै कमेन्ट गरिरहेका छन् । अल्लुको एक्सनसँगै रश्मिका मन्दनाको सुन्दरतालाई दर्शकले रुचाईसकेका छन् । यता, अल्लु अर्जुनको क्रेज साउथ इण्डियन फिल्ममा मात्र नभई बलिउडका दर्शक माँझ पनि उस्तैरहेको प्रस्टिएको छ । स्ट्याईलिस स्टारको ट्याग पाएका अल्लुले एक्सन , अभिनय र डान्स मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइसकेका छन् । सुकुमारको निर्देशन रहेको फिल्मलाई दर्शकले दुइ भागमा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्