हिजो आजका कुराको ‘परदेश’ सार्वजनिक (भिडियो)

फिल्म । वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको हाँस्य प्रदान सामाजिक फिल्म ‘हिजो आजका कुरा’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘परदेश’बोलको गीतमा हर्कुलस बस्नेतको स्वर र संगीत रहेको छ । गीतमा हर्कुलससँगै निर्देशक साकार पन्तको शब्द रहेको छ । ०७९ सालको असोज २८ गते दर्शकमाझ आउने फिल्मको सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन् ।

‘हिजो आजका कुरा’ दशैतिहारको माहौल पारेर प्रदर्शन गर्न लागीएको हो । बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसी (बालकलाकार) लगायतकोे अभिनय छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा वरिष्ठ अभिनेता पन्तले लेखेका हुन् भने पटकथा सन्दीप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । थुप्रै सेलिब्रेटीलाई एकसाथ प्रस्तुत गरिएको फिल्मको ‘माया जदौ’ बोलको गीत निकै चर्चित भईसकेको छ ।

कमेन्ट गर्नुहोस्