गोपी गीतमा विपिन र वर्षा (भिडियो)

फिल्म । फिल्म ‘गोपी’ को पहिलो गीत सार्वजनिक भएको छ । भजन शैलीको ‘लक्ष्मी कहिले काली…’ गीतको शब्द साहित्यकार बुद्धिसागरले लेखेका छन् भने यसलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् ।

केहि समय अगाडी मात्र आफ्नो प्रदर्शन मिति वर सारेको फिल्मले प्रचारप्रसारको सुरुवात गर्दै गीत सार्वजनिक गरेको हो । ‘मौलिक गीत तयार पार्न निकै गाह्रो छ, संगीतकार पोखरेल भन्छन ‘तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ।’ उनले यसले विस्तारै दर्शकको मनमा राज गर्ने विश्वास व्यक्त गरे ।

यस गीतमा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतलगायत फिचर्ड छन् । यसगीतलाई गोविन्द राईले निर्देशन गरेका छन् । आरोही केसीद्वारा निर्मित ‘गोपी’ माघ १८ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक दिपेन्द्र लामा बताउँछन् । यसमा विपिन र वर्षासँगै सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ । यसमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि. कार्कीको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको छ भने यसको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्