फिल्म । भदौ ६ (अगस्ट २२) देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा रिलिज हुने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार प्राप्त थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले फिल्म सयभन्दा बढी शोका साथ रिलिज हुने जनाएका छन् । फिल्मको बुकिङ खुला गरिएको छ ।
यो फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राईलगायतका कलाकार छन् । मुनाल घिमिरे निर्माता र ऋषि लामिछाने निर्देशक रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन र सुजिल कर्माचार्यको पाश्र्व संगीत छ । सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको छ ।
कमेन्ट गर्नुहोस्












