‘क्यालकुलेटर’ मा सागरसँगै हरिश (भिडियो)

17 Shares

फिल्म । क्लव सङ ‘क्यालकुलेटर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा पछिल्लो समय ‘भद्रगोल’ मार्फत चर्चामा रहेका हाँस्यकलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोज’ ले टिकटकमा भाइरल शिक्षा संग्रौलासँग देखिएका छन् । कमलमणी नेपाल, मधुसुदन पाठक र गम्भिर बिष्ट लगायतको समेत अभिनय रहेको भिडियोमा युवतीलाई माया जालमा पार्न दुई युवाको भिडन्त देखाउन खोजिएको छ ।

‘क्यालकुलेटर’ बोलको गीत झण्डैं १४ मिनेट लामो बनेको छ । शंकर थापा र विजयता अधिकारीको स्वर तथा कम्पोमा निर्माण भएको गीतमा शब्द डिपी खनालको रहेको छ । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् । नवराज उप्रेतीकोले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् भने यसलाई चर्चित कोरियोग्राफर गम्भिर विष्टले निर्देशन गरेका हुन् ।

Facebook Comments