बीएमएचडीमा ‘चल्दैछ’

सिरिज । कमेडी जनरामा निर्माण भएको टेलिफिल्म ‘चल्दैछ’को प्रशारण आरम्भ भएको छ । यो हरेक शुक्रबार साँझ साढे ७ बजे बीएमएचडी च्यानलबाट प्रशारण हुनेछ । बुढासुब्बा म्युजिक सेन्टरको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्ममा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला, अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरी लगायतका कलाकारको अभिनय छ ।

मनीष गौतम र रिवाज दाहालको लेखन, नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको टेलिफिल्ममा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पादन र विशाल प्रजापतिको छायांकन छ । नवराज गिरी र सरस्वती गिरी निर्माता रहेको टेलिफिल्ममा रत्न जोशीको निर्देशन छ ।

कमेन्ट गर्नुहोस्