सोमबार देखि ‘मुन्द्रेको कमेडी क्लब’

काठमाण्डौ । अभिनेता तथा कमेडियन जितु नेपालले नयाँ शो ल्याउदैछन् । ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको शो आउदो सोमबार देखि नेपाल टेलिभिजनमा प्रशारण हुने राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो । नेपाल टेलिभिजनबाट एकताका प्रसारित टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मार्फत ‘मुन्द्रे’ को चरित्रबाट दर्शकमाझ चिनिएका हास्य कलाकार जितु नेपाल शो बार जानकारी दिदै स्वदेशी शोलाओ प्राथमिकता दिनु पर्ने बताए ।

‘हामी कति फ्रेनचाइजकै पछी लाग्ने के हामीसँग शो ल्याउने क्षमता छैन र ?’ जितु भन्छन ‘फ्रेनचाइजमा गर्ने लगानी नेपाली शो कै लागि गरीए , त्यो भन्दा माथि पक्कै पुग्छ ।’ उनले फिल्म बनाइदिन्छु भनेर करोड बढी रकम दिन तयार हुनेहरूले टेलिभिजनमा कार्यक्रम चलाउँछु भन्दा १० लाख रुपैंयाँ पनि जम्मा गर्न हिचकिचाउने गरेकोमा दुःखेसो पोखे । ‘हामीले प्रयास नै गरिरहेका छैनौ , खेति नै गरि कसरि उब्जिन्छ’ जितुले प्रतिप्रश्न गरे ।

कि इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो कार्यक्रम आगामी सोमबारबाट राति नेपाल टेलिभिजनमा प्रसारण हुनेछ भने यसको पहिलो सिजन ५ भागको हुनेछ । सोमा प्रमुख भूमिकामा रहेकी कलाकार, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले ‘मुन्द्रेको कमेडी क्लब’ विदेशी कार्यक्रमभन्दा फरक रुपमा प्रस्तुत गर्ने दाबी गरिन्।

कमेन्ट गर्नुहोस्