अक्षयले भने ‘सलमानसँग कुरा भएको छैन’

फिल्म । पछिल्लो समय सन् २०२० को इदमा रिलिज हुने फिल्मको चर्चा बढ्दो छ । प्राय इदमा फिल्म लिएर आउने सलमान खानको डेटमा यसपटक बलिउडका खिलाडी एक्टर अक्षय कुमार आफ्नो प्रतिक्षित फिल्म ‘सूर्यवंशी’ लिएर आउंदै छन् । करण जोहरको निर्माण तथा रोहित शेट्टीको निर्देशनमा तयार हुने फिल्ममा अक्षय वीर सूर्यवंशीको भूमिकामा देखिनेछन् । अक्षय इन्स्पेक्टर सूर्यवंशीको अवतारमा प्रस्तुत हुदैछन् । यहि समयमा सलमानको पनि चुलबुल पाण्डेको अवतारलाई दर्शकले देख्न पाउनेछन् । उक्त समयमा सलमान अभिनित फिल्म ‘दबंग ३’ रिलिज हुनसक्ने भारतीय मिडियामा खबर छ ।

‘सूर्यवंशी’ को रिलिजलाई लिएर अक्षयले सलमानसँग सल्लाह गरेको खबर मिडियामा आएपछि दुवै स्टारका फ्यान खुसि भएका थिए । तर , हालै एक इभेन्टमा पुगेका अक्षयले यसलाई नकारेका छन् । ‘मैले फिल्मको रिलिजलाई लिएर आफ्नो टिम बाहेक कसैसँग सल्लाह गरेको छैन’ अक्षयले भने ‘हामी आफ्नो तयारीमा छौ अरुको थाहा छैन ।’ उनको यो भनाइपछी केहि समय अगाडी खबर गलत भएको प्रस्टिन्छ । यदि सलमान पछी हटेनन् भने यी दुइको फिल्मसँगै आउने पक्का छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्