करुनासँग राजेश हमालको ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक

सङ्गीत । गायिका तथा मोडल करुना राईको स्वर तथा अभिनयमा तयार भएको ‘ज्यू ज्यू सोल्टी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजकुमार बगर र करुना राईको स्वर, हरि सापकोटाको शब्द तथा शंकर बराइलीको संगीत रहेको गीतको भिडियोमा महानायक राजेश हमाल र करुना राई रोमान्टिक अवतारमा देखिएका छन्। पूर्वेली भाकामा तयार भएको गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

रामकृष्ण चौलागाईंको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियो सार्वजनिक कार्यक्रममा गायिका करुना राईको जन्मदिनसमेत मनाइएको थियो। कार्यक्रममा हमालसँगै विशेष अतिथिका रूपमा अभिनेता धिरेन शाक्य सहभागी भएका थिए, जसले करुनालाई शुभकामना दिएका थिए।

कार्यक्रममा बोल्दै अभिनेता हमालले म्युजिक भिडियो र फिल्म दुवै कलाका महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै कलाकारहरूले विविध विधामा काम गर्न सक्नुपर्ने बताए। गायिका करुना राईले हमालसँग पाँचौँ पटक सहकार्य गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको बताइन्। अभिनेता शाक्यले पनि हमाल र करुना राईको जोडी आकर्षक देखिएको भन्दै गीतको प्रशंसा गरेका थिए।

कमेन्ट गर्नुहोस्