फिल्म । विश्व शान्ति फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘तलाश’ फागुन महिनामा रिलिज हुने भएको छ । हस्त लिबाङको डेब्यू निर्देशन रहेको यो फिल्म मोरङ, धरान, इलाम र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो ।
निर्देशक लिबाङले समाजमा रहस्यमय ढंगले हुने आपराधिक घटनाहरूलाई फिल्मको कथामा समेटिएको बताए । उनका अनुसार फिल्म फागुनमा रिलिज हुने पक्का भए पनि ठ्याक्कै मिति भने निर्माण पक्षभित्रै अन्तिम छलफलमा रहेको छ ।
फिल्ममा एलिना बाँस्कोटा, राजकुमार लिङदेन, सोम लामा, बिमला खजुम, हस्त लिबाङ, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, अजय खड्का, मुकेश कालिकोटे, दावा मिङमार शेर्पा, पुन्य ओझा, सागर केरुङ, विमल ढुङ्गेल, बिक्रम धिमाल, प्रिति योगी, कल्याण राई र विश्व मुखियालगायत कलाकारको अभिनय रहेको छ ।
फिल्ममा रोशन वान्तवा राई र उदय नेम्बाङको संगीत, स्मिता दाहाल, मेलिना राई, उदय नेम्बाङ, दिनेश लिङदेन, यदु राई लकाल्द्री र रोशन सुवेदीको स्वर समावेश छ । नृत्य निर्देशन दिनेश माङमु, छायांकन विक्रम डिसी, द्वन्द्व निर्देशन पुन्य ओझाले गरेका छन् । फिल्मका कथा तथा निर्देशन सल्लाहकार दिनेश लिङदेन रहेका छन् ।












