ज्याक्लिनले दिईन् योगा गर्ने सल्लाह

बलिउड । एक्ट्रेस ज्याक्लिन फर्नान्डिज पछिल्लो सय बि-टाउनमा निकै चर्चामा छिन । सन् २००९ मा फिल्म अलादीन मार्फत बलिउडमा डेब्यु गरेकी मिस श्रीलंका समेत रहेकी ज्याक्लिनको चर्चा भने मर्डर २ ले बढायो । फिल्ममा इमरान हास्मीको अपोजिटमा देखिएको कारण पनि ज्याक्लिन चर्चामा आइन । त्यसपछि आफुले अभिनय गर्ने फिल्म मार्फत दर्शकको नोटिसमा पर्दै आएकी ज्याक्लिन सन् २०१४ मा रिलिज भएको फिल्म किक मार्फत निकै धेरै नै चर्चामा आइन ।

सलमान खानको अभिनय रहेकाले फिल्मले चर्चा पाउनु स्वाभाविक नै थियो भने ज्याक्लिनले सलमानसँग आफुलाई गसिपमा समेत ल्याइन । ज्याक्लिन पछिल्लो समय फिल्ममा व्यस्त त छिन नै साथै उनको कमेन्टको कारण पनि चर्चामा आउने गर्छिन । यिनै सुन्दरीले हालै योगाको बारेमा बोलेकी छिन । योगाले जीवनलाई सकारात्मक दृष्टिकोणमा अगाडी बढाउने उनको भनाइ छ । ‘योगाले अनुशासित मात्र बनाउदैन , पोजेटिभ र हेल्दी पनि बनाउछ’ उनले एक अन्तर्वार्ताको क्रममा भनेकी छिन । आफुले परिवारसंग योगा गर्ने गरेको बयाउने ज्याक्लिनले फ्यानलाई पनि यस्तै सल्लाह दिएकी छिन ।

 
View this post on Instagram
 

We did pretty good for a workout day @ayosphoto 💪🏻💪🏻 @justf143 can’t wait for the new collection to drop! 💗

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on

कमेन्ट गर्नुहोस्