फिल्म । स्वदेश मात्र होइन विदेशमा पनि उत्तिकै रुपमा सफल भइरहेको फिल्म हो ‘जात्रै जात्रा’ । जात्राको सफलतापछि निर्माण गरिएको यो फिल्मले दर्शक र समिक्षा दुवैको मन जितेको छ । फिल्म हेर्ने दर्शकले यसलाई राम्रो छ भनेपछि यतिबेला स्वदेश र विदेशमा फिल्म भिडभाडका साथ् प्रदर्शनरत छ । स्वदेशमा तेस्रो सातामा पनि दर्शकको उस्तै साथ् पाइरहेको फिल्मले विदेशमा पनि दर्शकको उस्तै साथ् पाइरहेको छ । फिल्मले अष्ट्रेलियामा गरिएको हरेक शो ‘हाउसफुल’ बनाउन सफल भएको छ । यसको सफलताले अष्ट्रेलियामा नेपाली फिल्मको बजार झनै फराकिलो र फरासिलो बनाएको अनुभूति सबै सिनेप्रेमीले गरेका छन् ।
फिल्मको थप शो सिड्नीमा जुन ३, ८ र ९, तास्मानियामा जुन ३ र ब्रिसबेनमा जुन ५ अनि क्यानभरामा जुन ७ का दिन हुनेछ । उक्त शोमा फिल्मका निर्देशक प्रदीप भट्टराई , अभिनेताद्वय विपिन कार्की र रवीन्द्र सिंह बानियाको उपस्थिति रहनेछ । फिल्मको अष्ट्रेलियामा २२ शो भैसकेको छ भने अब १४ शो हुने पक्का भैसकेको बताइन्छ । यस अघि छक्का पञ्जा सिरिज र शत्रु गतेले धेरै शो गरेर विदेश रेकर्ड बनाइरहेका छन् । फिल्मले अष्ट्रेलियामा पाएको शो हरेक सिटीमा हाउसफुल भएका छन् । सिड्नीसँगै मेलबर्न , तास्मानिया , ब्रिसबेन , एडीलेट लगायतका स्थानमा पनि फिल्मको आयोजित शो ‘हाउसफुल’ छन् ।
‘फिल्म हेर्न आफ्नो समय र पैसा खर्चेर आउनु भएका दर्शकमा सन्तुष्टि देख्दा निकै खुसि लागेको छ’ निर्देशक भट्टराई भन्छन् ‘दर्शकले नेपाली फिल्मलाई विश्वास गर्ने वातावरण पनि बनाएका छौ ।’ फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।