सरिताले ल्याईन ‘बजाईदेऊ न बाजा’

सङ्गीत । वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाको सङ्गीतमा तयार भएको ‘बजाईदेऊ न बाजा’ सार्वजनिक गरिएको छ । गायिका सरिता भारतीले आवाज दिएको गीतको शब्द पत्रकार तथा निर्देशक दब्बु क्षत्रीले रचना गरेका हुन् । गीत जती मिठो बनेको छ, भिडियो पनि त्यत्तिकै आकर्षक बनेको सङ्गीतकार बाँस्कोटाले बताए ।

गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्शाईएको छ । उनीहरुबीच अथाह प्रेम भए पनि त्यो प्रेम सम्बन्धलाई परिवारले नरुचाएपछिको समस्यालाई यो गीतमा प्रस्तुत गरिएको गायिका भारतीले बताएकी छिन् ।गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ । आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई केही वर्ष अघि गीतिसङ्ग्रह ‘पहिलो भेटमै’मा सङ्ग्रहित गरेर बजारमा ल्याईएको थियो ।

‘त्यतिबेला कोरोना महमारीका कारण हामीले सामाजिक दुरी कायम गरेर गीतिसङ्ग्रह पहिलो भेटमैको बिमोचन गरेका थियौं र विभिन्न रेडियो तथा एफएममा यो गीत हिट पनि भएको थियो । छायाँकन गरेर बल्ल भिडियोको रुपमा यो गीतलाई दर्शकमाझ ल्याईएको हो’, गायिका भारतीले भनिन् ।

यो गीतको भिडियोलाई गीतकार क्षत्री आफैंले निर्देशन गरेका हुन् । सर्लाहीको पर्यटकीय क्षेत्र भरत ताल, नुनथर लगायतको ठाउँमा गीतको छायाँकन गरिएको हो । रचनाकार क्षत्रीले आफ्नो गीत र भिडियोले यतिबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको बताएका छन् ।

यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता यसराज गराचको अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडीलाई दर्शकले प्रसँसा गरेका छन् । गीतको कोरियोग्राफी कृष्ण रसालले गरेका हुन् । यसराज र सरितासँगै स्थानीय नृत्य कलाकारहरुलाई कृष्णले रमाईलोसँग नृत्यमा उतारेका छन् ।

यो गीतको भिडियोमा प्रविण सुवेदीको छायाँकन, जीवन घिमिरेको ड्रोन, बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग सँयोजन, शर्मिला बुढाथोकीको सृँगार रहेको छ ।

कमेन्ट गर्नुहोस्