यात्री सलिन

फिल्म । सलिन मान बनिया पछिल्लो समयका राइजिङ स्टार हुन् । डेब्यु फिल्म ‘ ए मेरो हजुर २’ बाट नै उनले आफुलाई स्थापित गरिसकेका छन् । चकलेटी फेस अनि कोरियन लुक्स भएका कारण उनका फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन् । उनि प्राय पब्लिक हुदैनन् , यसैले गर्दा पनि उनको गतिविधिमा फ्यानसँगै मिडियाकर्मीको पनि चासो हुने गर्छ । सलिनले अभिनय गरेको दोस्रो फिल्म हो ‘यात्रा : अ म्युजिकल भ्ल्ग’ । यसमा उनि यात्रीको भूमिकामा छन् ।

फस्ट लुकसँगै रिलिज डेट सार्वजनिक गर्दा बाहिर आएको पोष्टरमा उनि यात्री देखिएका छन् । उनि फिल्ममा भ्ल्गरको भूमिकामा छन् । फिल्ममा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ । ‘सलिन निकै मेहेनती छन् , उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेका छन्’ निर्देशक सम्राट शाक्यले बताए । उनको पनि यात्रा डेब्यु फिल्म हो । ‘हामीले फिल्ममा जर्नीको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेका छौ’ उनि भन्छन ‘सलिनको फ्यानले चाहे अनुरुप नै प्रस्तुत गरेका छौ ।’

सलिन पनि फिल्मबाट निकै आश्वादी छन् । उनले यात्रापछी अन्य फिल्म गर्ने सहमति दिईसकेका छैनन् । ‘आफुलाई बुझेर र आफ्नो काम नहेरी नेक्स्ट स्टेप पुग्नु हुदैन’ सलिनले फिल्मको रिजल्टपछी आफु अन्य फिल्म गर्ने बताए । उनि आफुलाई सुहाउदो रोल अफर आओस भन्ने चाहन्छन । पछिल्लो समय उनले केहि नाम चलेकै ब्यानरको फिल्म समेत उनले छोडेको उनि नजिकका व्यक्ति बताउछन् । उनले को-स्टार र आफु सुहाउदो रोल नहुदा बिग ब्यानरको फिल्म पनि छाडेका छन् । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको छ । केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।

कमेन्ट गर्नुहोस्